Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-01-22

Madhes, Saptari, Surunga, Ward 3

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी बालिकाको संवेदनशील अंगमा हात हालेर दुर्व्यवहार गरी फरार रहेका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

घुम्ती पसलमा हरहिसाब हेर्दै गरेको बेला आरोपितले माघ ८ गते यौन दुर्व्यवहार गरेर फरार भएको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ ९ गते उजुरी दिनुभएको थियो । संवेदनशील अंगमा हात हालेर दुर्व्यवहार गर्दा बालिकाले रुन कराउन थालेपछि आरोपित फरार भएको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १० गते भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments