Incident Reports

श्रीमतीको हत्या आरोपमा पक्राउ

2023-02-04

Lumbini, Dang, Ghorahi, Ward 19

दाङमा कुटपीट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङग्री गाउँपालिका– ६ गुम्चालका ४९ वर्षका कृतिमान बुढाथोकी रहेका प्रहरीले जनाएको छ । माघ २१ गते शनिबार ४४ वर्षकी श्रीमती गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । डीएसपी गौतमका अनुसार सुरुमा उनले श्रीमती मुटु दुखेर विरामी परेको र उपचारको लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको बताएका थिए ।

तर घटनाको अनुसन्धान गर्दै जाँदा हत्या भएका खुलेको थियो । पछि प्रहरीले पक्रउ गरेर सोधपुछ गरेपछि उनले माघ २१ गते राति नै दाङ घोराही उपहानगरपालिका–१९ स्थित दुईखोली खोलामा कुटपीट गरी श्रीमतीको हत्या गरेको स्वीकारेका गौतमले बताए । प्रहरीले जिल्ला अदालत दाङबाट म्याद थप गरी कारवाहीका लागि पक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments