Incident Reports

बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाबाट ६२ वर्षीय पुरुष पक्राउ

2023-02-03

Gandaki, Gorkha, Siranchok, Ward 3

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाको सिरानचोकबाट ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ ठुला डिही बस्ने ६२ वर्षीय रमेश पोखरेल छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर सोम ढकालले रातोपाटीलाई बताए । बलात्कृत बालिका कक्षा ६ मा अध्ययनरत छिन् । स्थानीय जनप्रतिनिधिको रोहबरमा मिटिङ बसेर गाउँलेले आरोपीलाई प्रहरीको जिम्मा लगाएका हुन् । पीडित बालिकाले माघ २० र पुस २० मा दुईपटक आरोपीले आफुलाई बलात्कार गरेको बताएकी छन् । ‘एकपटक बाख्राको खोरमा र एकपटक घरभित्र बलात्कार गरे’ बालिकाले भनेकी छन्– ‘म ४ कक्षामा पढ्दा देखि नै मेरा संवेदनशील अंगमा छुने गर्थे । माघ २० मा साँझ ललाई फकाई घरमा लगेर बलात्कार गर्दै गरेको अवस्थामा पीडितका आफन्तले देखेपछि गाउँलेलाई खबर गरेका थिए । ५० र १ सय रुपैयाँ दिएर संवेदनशील अंगमा छुने बलात्कार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपी बिरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर ढकालले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments