Incident Reports

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

2023-02-10

Bagmati, Ramechhap, Sunapati, Ward 1

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका रामेछापको सुनापति–२ दिमीपोखरीका चेतबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार सुनापति–२ दिमीपोखरीको फलामेपोखरी सामुदायिक वनमा गएकी बालिकालाई सोही गाउँका २६ वर्षीय मगरले जबरजस्ती करणी गरी भागेको प्रहरीले बताएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरीले मगरको खोजी तीव्र पारेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार फरार रहेका मगरलाई खाँडादेवी–१ को खैरिनीघाट नजिकैबाट शनिबार पक्राउ गरिएको हो । अदालतको आदेशअनुसार मगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको पराजुलीले जनाएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments