Incident Reports

बालिका बलात्कार घटनाको उजुरी दर्ता

2022-05-28

Madhes, Saptari, Tirahut, Ward 6

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय शिवशंकर यादवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २५ गते उजुरी दर्ता गरेको छ । आरोपितको खोजतलाश भइरहेको र अनुसन्धानपश्चात पीडितले दिएको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी रामकुमार यादवले बताउनु भयो । पीडितलाई ०७९ जेठ १४ गतेदेखि जेठ १८ गतेसम्म बन्धक बनाई बलात्कार गरेको घटना ढिलो गरी जानकारी भएकाले प्रहरी कार्यालयमा ढिलो उजुरी गरिएको पीडित परिवारका सदस्यले बताए । विष्णुपुर गाउँपालिका–१ का ललन मैरताले चलाएको मोटरसाइकल पछाडि सवार आरोपितले घर पु¥याई दिने भनी विश्वास दिलाई चार दिनसम्म बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितकी आमाका अनुसार कसैलाई भनेमा घरपरिवारका सदस्य समेतको ज्यान बेपत्ता पारिदिने भनी धम्क्याएकाले पीडितले जेठ १४ देखि १८ गतेसम्म साथीको दिदीको बिहेमा गएकी भनेर घरमा ढाँटेकी थिइन् । आरोपितले पुस २६ गते बाटो छेकी पुनः शारीरिक सम्पर्क राख्न दवाव दिएपछि भागेर रुदै घर आएकी पीडितले अघिल्लो घटनाका बारेमा बताएको पीडितकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण पुस २९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments