Incident Reports

करणी आरोपमा एक युवक पक्राउ

2023-02-14

Sudurpashchim, Darchula, Lekam, Ward 4

जबर्जस्ती करणी गरेको आरोपमा दार्चुलामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति करिब १० बजेतिर जिल्लाको लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्कीलाई प्रहरीले प्रक्राउ गरेको हो । लेकम गाउँपालिका झलाती घर भई हाल शैल्यशिखर नगरपालिका–९ पत्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले बताए ।

प्रहरीका अनुसार मानसिक रुपमा अस्वस्थ ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पार्कीले महिलालाई जबर्जस्ती करणी गरेको भन्ने स्थानीयको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको सूचना अधिकारी शाहीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका पार्कीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा लिएर मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments