Incident Reports

हत्या घटनाको आरोपमा गिरफ्तार

2023-02-13

Madhes, Bara, Nijgadh, Ward 14

निजगढ नगरपालिका–१२ बुङजोर टोलकी ७१ वर्षीया कान्छीमाया घलानको बुङजोर खोलाको डिलमा ०७९ फागुन २ गते साँझ हत्या गरेको आरोपमा मृतकका कान्छा छोरा ४० वर्षीय सुन्नी लामालाई फागुन ३ गते हेटौडा नगरपालिका–१ बाट गिरफ्तार गरेको छ । फागुन १ गते आमासँग भएको घरायसी विवादका कारण सुन्नी लामाले कुटपिट गरि हत्या गरेको आरोपमा मृतकका जेठो छोरा आइतसिंह घलानले फागुन ३ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिनुभएको छ । घटनापछि आरोपित जिल्ला मकवानपुर हेटौडा नगरपालिका–१ मा आफन्तको घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यालय निजगढका इनिस्पेकटर सञ्जिव ओली बताउनुभयो । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल कलैयामा फागुन ३ गते भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुनिल जयसवालले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments