Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-10-09

Madhes, Saptari, Tilathi Koiladi, Ward 5

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय धिरजकुमार पण्डित फागुन २ गते गिरफ्तार भएका छन् । विवाह गर्छु भनी प्रलोभनमा पारी २०७९ असोज २३ गते कोशी बाँधमा लगी बलात्कार गरी टेम्पोबाट भारतको भिमनगर बजार पुर्‍याएको र असोज २४ गते बिहान भारतको दिल्ली लगेर विभिन्न किसिमको डरत्रास देखाई बलात्कार गरेको पीडितले बताउनु भयो । माघ २४ गते आरोपित बजार गएको मौका छोपी पीडितले घरमा फोन सम्पर्क गरेर अभिभावकलाई जानकारी गराए पछि दिल्ली पुगेर माघ २९ गते बालिकालाई नेपाल फर्काइ ल्याएको पीडितकी आमाले बताउनु भयो । पीडितकी आमाले फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको प्रहरी निरीक्षक राजिव गिरीले जानकारी दिनुभयो । आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयले फागुन १ गते उजुरी दर्ता गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments