Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-02-14

Lumbini, Rupandehi, Devdaha, Ward 4

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–४ भवानीपुरका ४० वर्षीय सुरजकुमार विकलाई फागुन ७ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खेलाउने बहानामा फागन २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित परिवारका अनुसार बालिकालाई खेलाउने बहानामा यौन दुर्व्यवहार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको हो । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments