Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2023-02-20

Lumbini, Pyuthan, Jhimruk, Ward 4

झिमरुक गाउँपालिका — ५ की ५५ वर्षीया पवित्रा खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ६० वर्षीय छविलाल खनाललाई फागुन १० गते घरबाट गिरफ्तार गरेको छ । दुबै जनाले फागुन ८ गते मादक पदार्थ सेवन गरेको र बान्ता गरे पछि पत्नीको मृत्यु भए पछि आरोपितले शव बोरामा राखेर घर नजिकैको खोल्सामा फालेको बयान दिएको प्रहरीले जनाएको छ ।

मृतक पक्षले हत्या गरेको भन्दै आरोपित विरूद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीका आधारमा आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशिल थापामगरले बताउनु भयो । घटनाको बारेमा छिमेकी कसैलाई थाहा नभएको झिमरुक गाँउपालिका — ५ वडा अध्यक्ष बासुदेव पोख्रेलले बताउनु भयो । शवको पोष्टमार्टम फागुन ११ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments