Incident Reports

बझाङमा २ वर्षीया बालिका बलात्कृत

2023-02-24

Sudurpashchim, Bajhang, Khaptadchhanna

बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ । ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी छन् ।

फागुन १२ गते साँझ पाँच बजेतिर आफू घरबाट डेढ सय मिटर टाढा रहेको धारामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको उनले बताएकी छिन् । ‘भाँडा धोएर घर फर्किंदा मेरै घरमा छोरीलाई काखमा राखेर बलात्कार गरिरहेको थियो । छोरी चिच्याइरहेकी थिइ,’ उनले भनिन्, ‘मैले देखेर छोरीलाई तान्न खोज्दा मेरो शरीरमा पनि झुन्डियो । मैले धकेलेपछि उत्तानो पर्‍यो । म छोरी लिएर भागेँ ।’

घटना हुनेबित्तिकै स्थानप्यलाई खबर गरेको र पीडक पक्षले गाउँमै घटना मिलाउन दबाब दिएको पनि उनले बताएकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तको खोजी भइरहेको बताए । उनले बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको पाइएको बताए । ‘स्वास्थ्य परीक्षणको रिपोर्टमा पनि बलात्कार भएको हुन सक्ने उल्लेख छ । हामीले मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिइसकेका छौं,’ उनले भने ।

बालिकाकी आमा र बालिका अहिले सदरमुकामस्थित अल्पकालिन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन् । अभियुक्तको खोजी भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जागेश्वर भण्डारीले पक्राउ परेपछि आवश्यक अनुसन्धान अघि बढाइने बताए । अभियुक्त पुरुष पीडित बालिकाकै नातेदार पर्ने प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments