Incident Reports

नाबालिगको तस्बिरमा अश्लील तस्बिर जोड्ने युवक पक्राउ

2023-02-26

एक नाबालिगको तस्बिरमा अश्लील तस्बिरहरू जोडेर हैरान पार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका वडा नं ४ का २७ वर्षीय मुगाधन श्रेष्ठ रहेका छन् । श्रेष्ठले सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्बिर महिलाको राखेर ती नाबालिगलाई साथी बन्न अनुरोध पठाएका थिए ।नाबालिगले कोही माहिला साथी होला भनी अनुरोध स्वीकार गरी वार्तालाप गरेकी थिइन् । तर वार्तालापको क्रममा नाबालिगको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गरी सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जर मार्फत पठाउन थालेका थिए ।

नाबालिगले सो कुरा अभिभावकलाई बताएपछि उनीहरूले अनुसन्धानको लागि साइबार ब्युरोमा निवेदन दिएका थिए । निवेदनपछि ब्युरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments