Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-20

Karnali, Kalikot, Khandachakra, Ward 2

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला गुराँस गाउँपालिका–६ का २५ वर्षीय पदम रावतलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ट्रक चालक रहेका आरोपित रावतले फागुन ८ गते ट्रकमा बस्न लगाएर खाँडाचक्र नपा–२ सुनार खोलामा रोकेर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिसँग टेलिफोनमा बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ९ गते गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर रत्नविर सुनारले जानकारी दिनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments