Incident Reports

आयुर्वेद क्याम्पसका इन्टर्नसिप डाक्टरहरू १८ दिनदेखि आन्दोलनमा

2023-02-13

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरका विएएमएस तहका इन्टर्नसिप डाक्टरहरू एकसूत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनमा रहेका छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएका अस्पतालमा निर्धारित समयसम्मै इन्टर्न गर्न पाउनुपर्ने माग राखी आन्दोलित भएका हुन् । धर्नाले मात्रै आफूहरूको माग सुनुवाइ नभएको भन्दै उनीहरूले विगत ८ दिनदेखि क्याम्पस तालाबन्दीसमेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरूले शुक्रबार पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका विएएमएस इन्टर्न डा. सुनिल भुसालले आफूहरूलाई महिनामा एक जान पनि बिरामी नआउने अस्पतालमा इन्टर्नका लागि पठाइएकाले आन्दोलनमा उत्रिनु परेको बताए । चिकित्सा विज्ञान प्रतिष्ठानले निर्धारण गरेको न्यूनतम मापदण्डको ५० प्रतिशत पनि पुरा नभएको क्याम्पसमा आफूहरूलाई इन्टर्नमा पठाइँदा उत्पादित जनशक्तिको गुणस्तरमा समेत प्रश्न उठ्ने अवस्था आएको उनले बताए ।

‘हामीलाई प्रदान गरिएको सेलेबसअनुसार छ महिनाको इन्टर्नसीप नरदेवीमा र छ महिनाको इन्टर्नसीप आयुर्वेद शिक्षण अस्पतालमा भनिएको थियो । सोहीअनुसार हामीले पाउनु पर्छ भनेर माग गरेका थियौँ । तर, हामीलाई सेलेबसमा उल्लेख गरिएअनुसार इन्टर्नमा पठाइएन । हामीले किन सेलेबसको अनुसार भएन भनेर प्रश्न गर्‍यौँ । कहीँबाट पनि उत्तर पाएनौँ । हामी तालाबन्दी र धर्नामा छौँ । हाम्रो माग कतैबाट पनि सुनिएन,’ भुसालले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments