Incident Reports

कोशी प्रदेशको नामाकरण विरुद्ध इटहरीमा प्रदर्शन

2023-03-05

Province 1, Sunsari, Itahari

जातीय पहिचानसहितको प्रदेशको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका किरात र लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आइतबार साँझ इटहरीमा प्रदर्शन गरेको छ। कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै सङ्घर्ष समितिले प्रदर्शन गरेको हो। किरात, लिम्बुवान, कोचिला लगायतका राज्य माग गरेर विगतमा थुप्रै सडक आन्दोलन भएका थिए। जसमा किरात र लिम्बुवानले सङ्गठित भएर प्रदेशको नामकरणले आफूहरूको अस्तित्व मेटाएको जनाउँदै प्रदर्शन गरे।

किरात र लिम्बुवान संयुक्त सङ्घर्ष समितिले इटहरी बजार क्षेत्रमा प्रदर्शन गरेपछि चौरास्त चोकमा कोणसभा गरियो। कोणसभामा किरात र लिम्बुवानका अगुवाले सशक्त आन्दोलन गर्ने चेतावनी दिए। किरात र लिम्बुवानले अब चरणबद्ध आन्दोलन गर्ने घोषण पनि गरियो। जसमा सरकारी कार्यालय लक्षित पहिलो चरणका आन्दोलनका कार्यक्रम रहेको जानकारी दिइयो। किरात समुदायले किरात राज्य माग गरिरहँदा लिम्बु समुदायले पनि अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्न माग गर्दै २०६२ सालदेखि नै आन्दोलन गरेका थिए। यही फागुन १७ गते बसेको प्रदेश सभा बैठकबाट प्रदेश १ को नामकरण कोशी प्रदेश राख्ने निर्णय गरेको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis