2023-03-01
बर्दिया — ठाकुरबाबा नगरपालिका- १ भूरीगाउँमा एक महिलाको सडक किनारमा शव फेला परेको ६ दिनपछि हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलीकम कार्यालय, भुरीगाउँ नजिक कञ्चनपुर, नेउलापुर जाने सडक किनारमा ठाकुरबाबा-५ गोबिन्दपुर घुम्ना फाँटाकी ४२ वर्षीया सन्चुरीया थारु फागुन १६ गते मृत अवस्थामा फेला परेको थियो ।
सीसी टिभी फुटेजको आधारमा हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मत बहादुर बोहोराले हत्या गरेको आरोपमा ठाकुरबाबा-४ मैनावार घर भई भुरीगाउँ डेरामा बस्दै आएका करिब ४५ वर्षीय जन्जिरे थारुलाई पक्राउ गरिएको बताए ।
विगतमा मृतक सन्चुरीया र जन्जिरेबीच पटकपटक फोन संवाद हुने गर्ने गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । प्रहरीका अनुसार हत्या भएको दिन पनि दुबै जनाबीच फोन संवाद भएको कल डिटेल फेला परेको छ ।
सन्चुरीयाले प्रयोग गरेको चप्पल जन्जिरेले खेतबारीमा लुकाएको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । मृतकका श्रीमान् अतवारीले जन्जिरेलाई हत्याको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए । आइतबार बेलुका पक्राउ परेका जन्जिरेलाई कारबाहीका लागि सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थपेको डीएसपी बोहोराले बताए ।
फागुन १६ गते दिउँसो घरबाट पेट दुखेको औषधि लिन भुरीगाउँ हिँडेकी थारु अवेर राति घर फर्किएकी थिइनन् । घरका मानिसले सोही दिन अवेर सम्म खोजतलाश गर्दा सन्चुरिया फेला परेको थिइनन । अर्को दिन बिहान स्थानीयले सडक किनारामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मृतकको साइकल पनि घटनास्थल नजिक रहेको र मृतक महिलाको चप्पल र सल पनि नभएकाले शंकास्पद रहेको भन्दै पीडित परिवारले गम्भीर रुपमा छानबिन गर्न माग गरेका थिए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Unclear |
Primary Cause | Other types of GBV |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Female Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19