Incident Reports

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

2023-03-05

Karnali, Surkhet, Lekbeshi, Ward 1

लेकबेशी नगरपालिका-२ पुरानोगाँउकी ३२ वर्षीया खगिसरा मिदुनलाई फागुन २१ गते कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति यज्ञ मिदुनलाई सोही दिन गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय गुमीका अनुसार उनीहरुबीच घरयासी विवाद हुँदा खगिसरालाई आरोपितले चिरपट दाउरा प्रहार गर्दा पीडितको टाउकोमा चोट लागेको छ । पीडित महिलालाई मेहेलकुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउमा ल्याएरउपचार गराइएको छ । फागुन २४ गतेसम्म नै पीडित महिला उपचारमा नै रहेको अस्पतालले जनाएको छ । पीडित महिलाका आफन्तले उपचारपछि मात्र कानुनी प्रक्रियामा जाने बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments