Incident Reports

युवतीलाई दुर्व्यवहार गरेको आरोपमा बीरगञ्जबाट ६ जना पक्राउ

2023-03-07

Madhes, Parsa, Birgunj, Ward 6

२५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–२३ बस्ने २५ वर्षीय जहाँगिर अन्सारी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अलफाज अन्सारी, २७ वर्षीय तारिक अन्सारी, २४ वर्षीय आशिष साह र वीरगञ्ज–१६ बस्ने आदित्य गिरी रहेका छन् । पक्राउ परेका जहाँगिर अन्सारी नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा हुन् । फागुन २३ गते मंगलबार बेलुका ८ बजेतिर वीरगञ्ज–८ घण्टाघर स्थित इन्फिनिटी लाउन्ज अगाडी सडकमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई मंगलबारदेखि नै प्रहरी हिरासतमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Other types of GBV
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments