Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-03-05

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखाको पालुङ्टार नगरपालिका– ६ का ४० वर्षीय नरमान तामाङलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ । कक्षा ६ मा अध्ययनरत बालिकाको बहिनी बिरामी भएपछि घरमा पुर्‍याएर विद्यालय फर्कने क्रममा बा.१४ च. ४३३३ नम्बरको गाडिमा सवार तामाङले बालिकाको पिछा गर्दै बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै स्थानीले प्रहरीलाई खबर गरेका थिए । स्थानियले गरेको खबरका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले फागुन २१ गते आरोपितलाई गिरफ्तार गरेको हो । पीडित पक्षले आरोपित विरूद्ध फागुन २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा लिखित उजुरी दिएका छन् । तामाङले उक्त आरोपको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार बि.क. ले बताउनु भयो । आरोपितलाई हाल प्रहरी हिरासतमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments