Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-02-28

Karnali, Kalikot, Kalika, Ward 2

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको घटनाका आरोपित शुभकालिका गाउँपालिका–२ का १९ वर्षीय नेत्र तिमलसेनालाई फागुन २४ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १६ गते साँझ छिमेकीको घरमा रमाइलो हेर्न जादै गर्दा बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २० गते उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर सुबराज बमले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । युवकले बलात्कार प्रयास गर्न खोजेपनि फुत्कने क्रममा पीडित युवतीको पाखुरा र घाँटीमा सामान्य चोट लागेकाले फागुन १७ गते स्थानीय मेडिकलमा उपचार गरिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments