Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-04

Sudurpashchim, Kailali, Kailari, Ward 2

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–३ भडरीका २२ वर्षीय सनिस चौधरीलाई फागुन ३० गते गिरफ्तार गरेको छ । फागुन २० गत आरोपितले बलात्कार गरेको भन्दै पीडित बालिकाले फागुन २७ गते आमालाई जानकारी गराएपछि फागुन २९ गते आरोपित विरुद्ध उजुरी दिए पनि फागुन ३० गते मात्रै उजुरी दर्ता भएको पीडितका बुवाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरी फागुन २९ गते इलाका प्रहरी चौकी, हसुलियामा आएकाले जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउनु पर्ने हुनाले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरी पाँच दिनको म्याद थपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहनबहादुर सिंहले बताउनु भयो । पीडित बालिकाको स्वाथ्य परीक्षण फागुन २९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडितका बुवाले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments