Incident Reports

हत्याका मुख्य आरोपित धरौटीमा छुटेपछि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन

2023-03-19

Madhes, Rautahat, Gaur

रौतहट । महिला हत्याको मुख्य आरोपितलाई पुनः पक्राउ गर्नुपर्ने माग गर्दै मौलापुर नगरपालिका, सोनरनियाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि प्रदर्शन गरेका छन् ।

स्थानीय पनिलाल यादव तथा उनका आफन्तले आइतबार साँझ जिल्ला प्रहरी कार्यालय घेराउसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले हत्याका मुख्य आरोपित भोला यादवलाई पुनः पक्राउ गर्नुपर्ने माग राखेका थिए ।

पनिलाल यादवकी ४२ वर्षीय श्रीमती सुनैनाकुमारी यादवलाई छिमेकी उमत यादवको दम्पती, उनका छोरा भोला राय यादव र निजकी श्रीमती कलावती देवी यादवसहित मिलेर गत फागुन २५ गते बाँसको भाटाले  निर्घात कुटपिट गरेर हत्या गरेको पीडित परिवारको दाबी छ ।

हत्यामा संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएर हत्या मुद्दा चलाएको थियो । फागुन २९ गते जिल्ला अदालतको आदेशमा मुख्य आरोपितसहित ३ जनालाई धरौटीमा छाडेपछि आक्रोशित पीडित पक्षले विरोध प्रदर्शन गरेका हुन् । शनिबार पीडितहरुले इलाका प्रहरी कार्यालय मौलापुर अगाडि प्रदर्शन गरेका थिए ।

खेतमा दिसा गरेको विषयलाई लिएर उत्पन्न विवादपछि भएको झडपमा भोला यादव सहितले सुनैनादेवी माथि निर्घात कुटपिट गरेर हत्या गरेको प्रत्यक्षदर्शी शारदा देवी यादवले बताइन् ।

बाँसको भाँटाले निर्घात कुटपिट गरेर अचेत बनाई मुख्य आरोपित फरार भएको र सुनैनादेवीलाई उपचारका लागि अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको पीडित पक्षको भनाइ छ ।

प्रहरीले प्रतिवेदन कमजोर बनाउँदा अदालतले फागुन २९ गते मुख्य आरोपित भोलासमेत तीन जनालाई रिहा गरी ७२ वर्षीय उमत राय यादवलाई मुख्य आरोपित बनाएर हिरासतमा राखेको पीडितहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी उमाशंकर यादवले महिलाको  हत्याको विषयमा प्रहरीले अदालत समक्ष पेस गरेको प्रतिवेदन कुनै हिसाबले कमजोर नभएको दाबी गरेका छन् । रौतहट प्रहरी प्रमुख एवं एसपी वीर बहादुर बुढामगरले अदालतको आदेशमा तीन जना धरौटीमा छुटेको स्पष्ट पार्दै मुद्दाको किनारा लाग्न बाँकी नै रहेका कारण त्यतिन्जेल धैर्य गर्न पीडित परिवारलाई सुझाव दिएका छन् ।

फागुन २९ गते जिल्ला अदालतको ५ नम्बर इजलासको आदेशमा जनही एकलाख ५० हजार रुपैयाँ धरौटी राखेर तीन जना रिहा भएका हुन् । मुख्य आरोपित भोला यादवको बुबा ७२ वर्षीय उमत यादवले आफूले नै हत्या गरेको बयान दिएको आधारमा उनी बाहेक अन्य तीन जना धरौटीमा छुटेको अदालत स्रोतले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments