2023-02-17
७, चैत, चितवन । आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवनका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाएको अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए । उनले थप प्रमाण बुझ्ने काम थुनामा राखेर नै गरिने बताए । शिक्षक क्षेत्रीले १५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटकटपक यौन शोषण गरेको अभियोग छ । भरतपुर महानगरपालिका-१२ घर भएका क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाउने नाममा पटकपटक यौन शोषण गरेको जोहरीमा उल्लेख छ ।
शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै किशोरी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । स्थायी दरबन्दीमा नाम निकालेपछि गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । गत फागुन ५ माशिक्षकविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि प्रहरीले फागुन १० गते उनलाई पक्राउ गरेको थियो । क्षेत्रीले यौन शोषण गर्न भरतपुरमा अलग्गै कोठा लिएका थिए ।
पटकपटक बलात्कार गरेपछि शिक्षक क्षेत्रीले हरेक पटक पिल्स खानदिने गरेको बालिकाले प्रहरीसँगको बयानमा बताएकी छिन् । भरतपुरको अल्फा बिटा इन्स्टिच्यूटमा नर्सिङ ब्रिजकोर्स पढ्न जाँदा शिक्षक र विद्यार्थीबीच चिनजान भएको थियो । बालिकासँग एकाएक नजिकिएका क्षेत्रीले घुम्न लैजाने, फिलिम हेर्न लैजाने गर्दथे । बालिकाका अनुसार शिक्षक क्षेत्रीले बलात्कार गरेपछि कहीँकतै नभन्नु भनी धम्क्याउने गरेका थिए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Rape |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Education sector/teachers (private and public) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Students |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19