Incident Reports

ईन्द्र आङ्बो चढेको गाडीमा ढुंगा प्रहार

2023-03-21

कोशी प्रदेश माओवादी संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ । पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुंगा प्रहार भएको हो । ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ । ‘सदरमुकाम फुङलिङदेखि ८ किलोमिटर तल पाँच सय मिटर टाढा लुकेर ढुंगा हानेको पाइयो,’ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले भनिन्, ‘उहाँ सकुशल हुनुहुन्छ र कार्यक्रममा हुनुहुन्छ ।’ आक्रमण गर्नेको खोजी भइरहेको चेम्जोङले बताइन् । आक्रमणको जिम्मा कसैले लिएको छैन । उनी चढेको गाडी भने फर्किसकेको चेम्जोङले जानकारी दिइन् ।

कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले आक्रमणको जानकारी नभएको बताएको छ । समितिका सदस्य नवीन पोमु आफूहरूले सदरमुकाम फुङलिङमा कालो झन्डा देखाउन खोजेको तर उनी प्रहरीको गाडीमा आएकाले असफल भएको बताउँछन् । ‘ढुङ्गा त कसले हान्यो थाहा भएन, प्रदेश नामकरणको विरोधमा अहिले ज्ञात–अज्ञात सबै छन्,’ पोमुले भने । संसदीय दलका नेता आङबो र माओवादीका प्रदेश संयोजक हर्क नेम्वाङ मिक्सो पार्टी बैठक र संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालन कार्यक्रमको उद्धघाटनका लागि ताप्लेजुङ आएको जिल्ला संयोजक विष्णु हाङवाङ बिरुले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis