Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

2023-03-21

Bagmati, Chitawan, Bharatpur

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका-१ श्री राम जानकी बालआश्रम संरक्षक रहेकी सावित्री टण्डनको पति कृष्ण टण्डनविरुद्ध पीडितले ०७९ चैत ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छिन् । आश्रममा ‘बुबा’ भनी मानेको व्यक्तिबाटै आफू यौन दुर्व्यवहारको शिकार बनेपछि बालिकाले आफै उपस्थित भएर चैत ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी हुन् ।

०७९ कात्तिक महिनाबाटै आश्रमममा रहेका कृष्ण टण्डनले पटक पटक यौन दुर्व्यवहार गरेको र अति नै भएपछि फागुन १८ गते आश्रम छोडेर हिँडेको पीडित बालिकाले बताएकी छन् । आश्रम छोडेको भोलिपल्ट नै स्थानीय बालकल्याण समितिअन्तर्गत भरतपुर महानगरको सामाजिक विकास महाशाखामा लिखित निवेदन दिएको उनले बताइन् । उनी विगत ११ वर्षदेखि उक्त आश्रममा संरक्षित थिइन् ।

आफू लगायत समान उमेर समूहका अन्य साथीहरूलाई पनि टण्डनले यौन दुर्व्यवहार गरेको उनले बताइन् । जुन सुकै समयमा पनि आफू र अन्य साथीहरूमाथि समेत दुर्व्यवहार हुने गरेको उनको भनाइ छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते भरतपुर अस्पतालमा गरियो । आरोपितलाई चैत ६ गते नै गिरफ्तार गरेको जिल्ला प्रहरी प्रवत्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उजुरी आएको र कानुनी प्रक्रिया अघि बढिसकेको पण्डितले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments