Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-03-21

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय नातेदारलाई चैत ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले चैत ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभयो । सधै आफूलाई कुटपिट गर्ने गरेको र घटनाको दिन पनि कुटपिट गरी छोरीलाई यौन दुर्व्यवहार गरेको पीडिकी आमाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments