Incident Reports

‘कोशी’ नाम खारेजीको मागसहित फालेलुङ गाउँपालिकामा ताला 

2023-03-28

Province 1, Panchthar, Falelung

पाँचथर — साविक १ नम्बर प्रदेशलाई ‘कोशी’ नामकरण गरिएको विरोधमा पाँचथरको फालेलुङ गाउँपालिकामा ताला लगाइएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलकारीले गाउँपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यस प्रदेशमा चरणबद्व आन्दोलन गर्दै आएको छ । यसअघि संघर्ष समितिले फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका केही वडाहरुमा तालाबन्दी गरेको थियो । तालाबन्दीपूर्व संघर्ष समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै चैत १४ देखि १७ गतेसम्म कार्यालय बन्द गर्न भनेका थिए । ‘कोशी’ नाम खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को निधन भएको थियो । आन्दोलनकारीले मंगलबार विराटनगरमा पनि ‘कोशी’ नाम खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis