Incident Reports

महिलाको हत्या आरोपमा ८ जना पक्राउ

2023-03-29

Gandaki, Nawalparasi East, Devchuli, Ward 1

पूर्वी नवलपरासी — एक साताअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको अभियोगमा देवचुली नगरपालिकाकाकी वडा सदस्यसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । अघिल्लो बुधबार राति देवचुली नगरपालिका वडा नम्बर १ केउरेनीगाकी ३३ वर्षीया तोलमाया बाचे मगरलाई छिमेकीले कुटपिट गरेका थिए । कुटपिट गरेको भोलिपल्ट बिहीबार बिहान ४ बजे उनी आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

तोलमया र छिमेकी धनबहादुर नेपाली बुधबार राति तोलमायाकै घरमा एकै ठाउँ सुतेको अवस्थामा छिमेकीले फेला पारेका थिए । धनबहादुरकी श्रीमतीले तोलमाया र आफ्ना श्रीमान् एउटै बिस्तारामा सुतेको देखेको बताएपछि गाउँलेको हुल नै लागेर तोलमायालाई कुटपिट गरेको स्थानीयको भनाइ छ । मृतकका छोराले गाउँलेले कुटपिट गरेर आफ्नी आमालाई मारेको बयान दिएपछि घटना गम्भीर बनेको भन्दै प्रहरीले अनुसन्धान थालेको जनाएको छ । जिल्ला प्रहरीका सई टिकाराम पोख्रेलका अनुसार मृतकका लोग्ने नरबहादुर बाचे मगरले गाउँले मिलेर आफ्नी श्रीमतीको हत्या गरेको भन्दै किटानी जाहेरी दिएको आधारमा ८ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनबहादुर पनि रहेका छन् ।

उजुरी दिने तोलमायाका लोग्ने पाल्पामा ज्याला मजदुरीको काम गर्दै आएका थिए । लोग्ने घरमा नभएको अवस्थामा धनबहादुर र तोलमाया नजिकिएको छिमेकीले बताएका छन् । वडा सदस्य सुकमाया सार्की समेत गएर बुधबार राति नै कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ । धनबहादुर र तोलमायालाई छिमेकीले पटक–पटक एकैसाथ पाएपछि यसअघि पनि गाउँमा कचहरी भएको थियो । प्रहरीले ८ जनालाई गत सोमबार गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा उमा नेपाली, सुजन नेपाली, देवबहादुर बसेल सार्की, दिपककुमार नेपाली, सुशिल नेपाली, सोममाया बसेल नेपाली लगायत हुन् । घटनाबारे प्रहरीले बुधबार मात्र सार्वजनिक गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments