2023-03-29
Bagmati, Makawanpur, Hetauda
बागमती प्रदेशको राजधानी हेटौँडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यलय मकवानपुरअगाडि टायर बालेर प्रदर्शन गरेका छन् । बुधबार साँझ प्रहरीको भ्यानले हेटौँडाको बुद्धचोकमा प्र.०३ ००१ झ ०१२३ नम्बरको प्रहरी भ्यानले ना. ४९प ११९ र बागमती प्रदेश ०३–००५प ३०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । तीव्र गतिमा आएको प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको उनीहरूको भनाइ छ । दुर्घटनामा घाइते भएका दुईमध्ये एकजनाको हेटौँडा अस्पताल र अर्का एकजनाको अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी प्रवक्ता कार्कीका अनुसार दुवैको पहिचान खुल्न बाँकी छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD