Incident Reports

बाजुराको एक वडा कार्यालयमा ताला

2023-03-30

Sudurpashchim, Bajura, Budhiganga, Ward 8

धनगढीः बाजुराको बूढीगङ्गा नगरपालिका–९ को वडा कार्यालयमा ताला लगाइएको छ। सेवाबाट हटाइएकी काली थापाले ताला लगाएकी हुन्। वडाले सेवाबाट हटाएपछि स्थानीयको सहयोगमा उनले कार्यालयमा ताला लगाएकी छन्। उनलाई साबिकको बाह्रबिस गाविसले २०६६ साल भदौमा कर्मचारी नियुक्त गरेको थियो। बूढीगङ्गा नगरपालिका–९ की थापाले, लामो समय सेवा गर्दै आएको र अहिले एक्कासि जागिरबाट हटाएपछि वडा कार्यालयमा ताला लगाएको बताएकी छिन्। उनले राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएको दाबी गरेकी हुन्। वडा कार्यालयमा ताला लागेपछि वडाबाट हुने स्थानीयका दैनिक काम प्रभावित भएका छन्। वडा कार्यालयले भने २०७९ साल कात्तिकमा कार्यपालिकाको बैठले करार कर्मचारी हटाउने निर्णय गरकाले सोही निर्णयअनुसार थापा हटेको बताएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments