Incident Reports

बुडाल मृत्यु प्रकरणः आरोपितलाई धरौटीमा रिहा गरेपछि पिडित आन्दोलित

2023-03-31

Sudurpashchim, Baitadi, Dasharathchanda

बैतडीः जिवन बुडाल मृत्यु प्रकरणका मुख्य आरोपित मध्ये तीन जनालाई जिल्ला अदालत बैतडीले धरौटीमा रिहा गरेको भन्दै पीडित पक्ष आन्दोलित भएका छन्।

शुक्रबार पीडित पक्षले जिल्ला अदालत र प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन्। अदालतले अन्तिम फैसला गरिनसकेको भएपनि मृतककी पत्नी सहित पीडित पक्षले धर्ना तथा जुलुस निकालेका हुन्। अपराधिलाई कारबाही हुनुपर्ने उनिहरुको माग छ। दशरथचन्द नगरपालिका १० खडेनीका बुडाल फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका थिए। बुडाल सोहि दिन राति ९ बजे मृत फेला परेका थिए।

बुढालको मृत्यु पछि पीडित पक्षले उनिसंगै पीकनिक गएका १२ जना बिरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका थिए। आरोपितहरूलाइ प्रहरीले फागुन १४ गते पक्राउ गरेको थियो। १२ मध्ये तीन जना पीकनिकमा सहभागिका लागि खाना बनाउने काममा भएको बुझिएको छ भने एक एक गाडी चालक हुन्।

मृत्यु प्रकरणमा मुख्य दोषिको आरोप लागेका ७ जनामध्ये जिल्ला अदालत बैतडीले तीन जानालाई बिहीबार जनही एक लाख ५० हजार धरौटीमा रिहा गरेको छ भने चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments