Incident Reports

बलात्कार घटनामा सहयोग गरेको आरोपमा गिरफ्तार

2023-03-27

Madhes, Saptari, Khadak, Ward 6

१८ वर्षीया युवतीलाई बलात्कार घटनामा सहयोग गरेको आरोपमा खडक नगरपालिका–५ खोजपुरका २५ वर्षीय बिर्जु साह चैत २० गते गिरफ्तार भएका छन् ।

गाउँघरबाटै आरोपितलाई चैत २० गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो । इन्स्पेक्टर अधिकारीका अनुसार प्रहरीले चैत १९ गते मात्र घटनाबारे जानकारी पाएपछि चैत २० गते पीडितबाट उजुरी लिई दर्ता गरिएको हो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत २० गते भएको छ ।

तरकारी बिक्री गरेर चैत १० गते साँझ घर फर्किदै गर्दा पीडितको साइकल बिग्रिएकाले बिर्जुले मर्मत गरिदिने आश्वासन दिई रात परेपछि मुख थुनी आफ्नो घर लगी कोठामा थुनेको र अर्का आरोपित सोही ठाउँका २१ वर्षीय सन्तोष साहले बलात्कार गरेको पीडितले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments