Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2023-04-05

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शान्तिनगर गाउँपालिका–६ घर भइ शिवशक्ति माविका शिक्षक ३५ वर्षीय खुमानन्द पौडेलविरूद्ध चैत २१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन । पीडितलाई आरोपितले चैत २० गते बलात्कार गरेको भन्दै उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले बताउनु भयो । छात्रावास हेरचाहकोसमेत जिम्मेवारी पाएका शिक्षकले एसइइ दिन छात्रावासमै बसेकी बालिकालाई बलात्कार गरेको पीडित पक्षले बताएका छन् । घटनालगत्तै आरोपित शिक्षक फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी मल्लले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण चैत २१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments