Incident Reports

अपहरण तथा शरिर बन्धक, बलात्कार आरोपितविरुद्ध उजुरी

2023-03-12

Madhes, Saptari, Surunga, Ward 2

१९ वर्षीया युवतीलाई सुरुङ्गा नगरपालिका–३ दौलतपुरका २५ वर्षीय प्रमोदकुमार मण्डलले अपहरण तथा शरिर बन्धकबनाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा चैत २२ गते उजुरी दिनुभएको छ । घरबाट ०७९ फागुन २८ गते रुपनी गाउँपालिकास्थित साथीको घर जान निस्केकी पीडितलाई शम्भुनाथ नगरपालिका–६ कठौना बजारस्थित किरण चौधरीको घर कोठामा बन्धकबनाई बलात्कार गरेको र आपत्तिजनक फोटो, भिडिओ समेत बनाएको पीडितकी आमाले बताउनु भयो ।

कठौना बजारमा नास्ता, खानका लागि फकाई झुक्यानमा पारी किरण चौधरीको कोठामा पेय पदार्थमा नशालु औषधि मिसाइ खान दिएर बेहोस बनाई बलात्कार गरेको पीडितले बताउनु भयो । हल्ला गर्दा मेरो आपत्तिजनक फोटो, भिडिओ देखाई आमा, बुबा, भाई समेतलाई ज्यानमार्ने धम्की दिई डर त्रासमा पारी पटक पटक बलात्कार गरेको पीडितले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले चैत १७ गते गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ । पीडितले उजुरीका साथ घटनास्थलमा छुटेको आरोपितको पर्स, परिचयपत्र र एटिएम कार्डहरू समेत प्रहरीको जिम्मा लगाएको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments