Incident Reports

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

2023-04-15

Sudurpashchim, Kailali, Dhangadhi

कञ्चनपुरको कंचन बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा तालाबन्दी गरेका छन्।

परीक्षा केन्द्र एक्कासी अन्त सारिएको भन्दै उनीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन। विगतदेखि आफ्नै क्याम्पसमा हुँदै आएको परीक्षा केन्द्र अकस्मात अन्त सारिएकाले तालाबन्दी गरिएको क्याम्पसका स्ववियु सभापति देवबहादुर साउँदले बताए। उनले अकस्मात परीक्षा केन्द्र सारिदा विद्यार्थीहरु अन्यौलमा परेको बताए।
विज्ञापन

‘हिजो मात्र अकस्मात परीक्षा केन्द्र सारिएको थाहा पायौँ। केही विद्यार्थीहरुको धनगढीमा राखिएको छ भने केहीको झलारीमा राखिएको छ’ उनले भने ‘परीक्षा केन्द्र सारिएको कतिपय विद्यार्थीहरुलाई जानकारी समेत छैन। यसरी विद्यार्थीहरुको भविष्यमाथि खेल्न पाईदैन।’ उनले ४ गते देखी सञ्चालन भैरहेको परिक्षाको केन्द्रका विषयमा १ गते मात्रै जानकारी पाईएको बताए।
परीक्षा केन्द्र सारिदा करिब २५० भन्दा बढी विद्यार्थीहरुलाई समस्या परेको क्याम्पसका स्ववियु कोषाध्यक्ष रमेश बोहराले बताए। उनले विद्यार्थीहरुलाई अनावश्यक दुख दिने किसिमले गरिएको निर्णय सच्याउनुपर्ने बताए। उनले आफूहरुले आफ्नै क्याम्पसमा परीक्षा केन्द्र राख्नुपर्ने माग अघि सारेको र त्यसो नभए चरणबद्ध आन्दोलनहरु गर्ने समेत चेतावनी दिए।

विद्यार्थीहरुले शनिबार परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् भने सांकेतिक चक्काजाम गर्ने पनि जनाएका छन्। परीक्षा बहिस्कार गर्नुका साथै क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयमा अनिश्चित तालाबन्दी गर्ने विद्यार्थीहरुले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments