Incident Reports

कुटपिट गरेको आरोपमा पति विरुद्ध न्यायिक समितिमा उजुरी

2023-04-08

Karnali, Humla, Simkot, Ward 5

सिमकोट गाउँपालिका–६ स्थित तिनधारा गाउँकी २४ वर्षीया जाल सुनारले २६ वर्षीय पति सुरेन्द्र सुनार विरुद्द वैशाख २ गते न्यायिक समितिमा उजुरी गर्नुभएको छ । आरोपित सुनारले ०७९ चैत २५ गते कुटपिट गरेपछि माइतीको सहारामा बस्दै आएको कुरा पीडितले बताउनु भयो । उहाँका अनुसार वनमा दाउरा टिपेर घर फर्केर बिहानको खानाको विषयमा विवाद भएपछि पतिले लात्तीले र चिरपाटको दाउराले हान्दा भुँइमा बजारिदा हात दाँया भाँचिएको हो ।

पीडित महिलाको उपचार घरेलु विधी मार्फत स्थानीय स्तरमा भइरहेको र तीन महिनाको सुत्केरी रहेको पीडितले बताउनु भएको छ । उजुरी पश्चात सिमकोट गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समितिको संयोजक सुशीला रोकायाले दुई पक्ष बसालेर छलफल गर्ने र दोषीलाई कारवाही अगाडी बढाउने बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments