Incident Reports

डोटीको बडीकेदार गाउँपालिकामा विप्लव समूहको तालाबन्दी

2023-04-19

Sudurpashchim, Doti, Badikedar

डोटीको बडीकेदार गाउँपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालीन तालाबन्दी गरेको छ । करीव दुई महिना अगाडि दिएको ज्ञापन पत्र अनुसार सुधार नभएको भन्दै विप्लव समूहले तालाबन्दी गरेको हो । सो पार्टीले गाउँपालिकाले गुणस्तरहीन औषधी खरिद गरेको, सामाजिक सुरक्षा भत्ता वितरण झञ्झटिलो बनाएको, गाउँपालिकाको बजेटमा भ्रष्टाचार हुने गरेको, कर्मचारी छनोटमा मनोमानी गरेको जस्ता आरोप लगाएर १२ फागुनमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको थियो । अहिलेसम्म समस्या समाधानका लागि पहल नभएको भन्दै बुधबार अनिश्चितकालीन तालाबन्दी गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले कार्यालय खुलाउन बन्दकर्ता र जनप्रतिनिधिबीच छलफल भइरहेको बताए । ‘हामी कार्यालयमा काम गर्दै थियौं, उहाँहरु आउनुभयो, कर्मचारी सबैलाई बाहिर पठाएर तालाबन्दी गर्नुभयो’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments