Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-23

Karnali, Kalikot, Tilagufa

१४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले तिलागुफा–१० रानावाडाका ७० वर्षीय खाम्मा राना लाई घरबाटै वैशाख ११ गते गिरफ्तार गरेको छ ।

अपाङ्गता भएकी बालिका ०७९ फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी पीडितका बुबाले वैशाख १० गते दिएको जाहेरीमा उल्लेख छ । जाहेरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिनुभयो ।

पीडित बालिका र आरोपितको स्वास्थ्य परीक्षण हुन ढिलाई भएको र स्वास्थ्य परीक्षण भएपछि वैशाख १२ गते नै मुद्दा दर्ता हुने डिएसपी रिमालले वताउनु भयो ।

बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भए पनि बालिकाको आफ्न्तले नमानेपछि कुरा बाहिर आएको पीडित पक्षको भनाइ रहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments