Incident Reports

कपनमा मारिएकी निराका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन

2023-04-27

काठमाडौंको कपन सरस्वतीनगरकी निरा आचार्यको हत्यामा अभियुक्तलाई पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्। गत बिहीबार ‘निरू किचेन’ की सञ्चालक ३५ वर्षीया आचार्यको पसलभित्रै अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो। निराको हत्या भएपछि कपनका व्यवसायी र स्थानीयले प्रदर्शन गरिरहेका छन्। अभियुक्तलाई सार्वजनिक गर्नुपर्ने, अहिलेसम्मको अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने, व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायत माग राखेर उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन्। निराको हत्यामा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरिसकेको छैन। घटनाको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध खटिएको छ। गत बिहीबार दिउँसो साढे ३ बजेतिर पसलमा निराको शव फेला परेको थियो। उनको शरीरमा घाँटी, छाती र पेटमा पटक-पटक धारिलो हतियार प्रहार गरिएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments