Incident Reports

भानुचोकमा सालिक निर्माण विवाद : शनिबार पनि युवाहरुको प्रदर्शन, मेयरले डाके सर्वदलीय बैठक

2023-04-29

Madhes, Dhanusha, Janakpur

जनकपुरधामको भानुचोकमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिक राख्न माग गर्दै आज पनि युवाहरुले प्रदर्शन गरेका छन् । उपमहानगरपालिकाद्वारा भानुचोक नामकरण गरिएको सो चोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक निर्माण गर्न माग गर्दै विभिन्न राजनीतिक दलका युवा संगठनले प्रदर्शन गरेका हुन् । मधेस केन्द्रीत दलका भातृ संगठन लोकतान्त्रिक युवा संघ, समाजवादी युवा संघ, लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । ती संगठनले शनिवार पनि भानूचोकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्तकुमार झा, समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापड, लोकतान्त्रिक विद्यार्थी संघका मधेस प्रदेश अध्यक्ष त्रिदेवकुमार मिश्र, विद्यार्थी जनमतका धनुषा जिल्ला अध्यक्ष वीरेन्द्र यादव र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य बलराम कापडसहित दर्जनौ युवाहरुको सहभागिता रहेको थियो ।

शनिवारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेको थियो । युवाहरुले प्रहरी हस्तक्षेपको विरोधमा समेत नारा लगाएका थिए । उनीहरुले ‘वीर सहिद अमर रहे’, ‘मधेसी एकता जिन्दावाद’ लगायतका नारा लगाएका थिए । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य बलिराम कापडले प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनलाई सम्बन्धित निकायले नसुनेको भन्दै शसक्त आन्दोलनको घोषणा गर्ने चेतावनी दिए । उनले विरोध कार्यक्रमलाई जारी राख्ने बताउँदै आइतबार थप आन्दोलनका कार्यक्रम तय गरिने बताए । यता जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले आइतबार सर्वदलीय बैठकको आव्हान गरेका छन् । भानु चोकमा निर्माण गरिने शालिकको विषयमा देखिएको विवाद समाधानको बाटो खोज्न बैठक डाकिएको उनले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments