Incident Reports

श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि आत्महत्या- कोशी - कान्तिपुर समाचार

2023-04-28

Province 1, Panchthar, Falelung, Ward 6

पाँचथर — पाँचथरको फालेलुङ–६ का शान्तकुमार राईले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछि आत्महत्या गरेका छन् ।

५७ वर्षीय राईले ५६ वर्षीय श्रीमती बिमरानीलाई खुकुरी प्रहार गरेर घाइते बनाएपछि नजिकैको जंगलमा गएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सान्तकुमारकी आमाको वैशाख १३ गते निधन भएको थियो ।

आमाको निधन पछि मूलघरमा आमाको किरिया गर्न बसेका राईले पिसाब फेर्न जाने बहाना बनाएर आफ्नो घर गई श्रीमतीलाई बिहीबार अपराह्न खुकुरी प्रहार गरेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याउनका साथै घाइतेलाई उपचारार्थ बीएण्ड सी अस्पताल बिर्तामोड पुर्‍याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिमरानी सख्त घाइते भएकी छन् । उनले श्रीमतीलाई हत्या गर्ने मनसायले नै खुकुरी प्रहार गरेको र मृत्यु भएको ठानेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments