Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-28

Bagmati, Lalitpur, Lalitpur, Ward 22

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत देश घर भइ हाल ललितपुर महानगरपालिका-२३, धापाखेल बस्ने १४ वर्षीय बालकलाई प्रहरीले ०८० वैशाख १६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ललाइ फकाइ आफ्नै निवासमा लगी वैशाख १५ गते बलात्कार गरेको भन्दै सोही दिन पीडितकी आमाले प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो ।

घटनापछि पीडितलाई आरोपित बालकका बुबाले भगाएर भारततर्फ पठाएको आरोपमा ५० वर्षीय आरोपित बालकको बुबालाई समेत गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । आरोपित बालक र बालकको बुबालाई गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट वैशाख १७ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको डिएसपी साहले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments