Incident Reports

सामूहिक बलात्कारको उजुरी दर्ता

2023-04-23

Madhes, Saptari, Shambhunath, Ward 8

२५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–७ भगवतपुरका ३५ वर्षीय फिरोज मियाँ, सोही ठाउँका ३४ वर्षीय अलाउद्दिन मियाँ र सिरहाको लहान नगरपालिका–१९ छारापट्टीका २५ वर्षीय अबजल मियाँविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले वैशाख २४ गते बलात्कारको उजुरी दर्ता गरेको छ ।

शम्भुनाथ नगरपालिका–७ स्थित आँपको फूलबारी बगैचाबाट वैशाख १० गते नियन्त्रणमा लिई रजपुरिया खोरिया जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा वैशाख १४ गते उजुरी दिनुभएको थियो । फूलबारीमा फलेको आँपको रेखदेख गर्दै गाईवस्तुका लागि घाँसपात काटिरहेका बेला आरोपितहरूले नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०८० वैशाख १४ गते स्वास्थ्य परीक्षण भएको छ ।

आरोपितहरूको खोजीकार्य भइरहेको र हालसम्म गिरफ्तार नभएको इलाका प्रहरी कार्यालय कल्याणपुरका सई अमिरी यादवले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments