Incident Reports

शरणार्थी प्रकरणमा संलग्नलाई कडा कारबाहीको माग गर्दै एकीकृत समाजवादीको प्रदर्शन

2023-05-12

Province 1, Morang, Biratnagar

नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी हुने सबैलाई कडा कारबाहीको माग गरेको छ।शुक्रबार विराटनगरमा विरोध प्रर्दशन गर्दै पार्टीका नेता कार्यकर्ताले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए। विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य महेश रेग्मीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताए।

यस प्रकरणले विश्वसामु शिर निहुँराउने लज्जास्पद घटना भएको बताएका पोलिटब्यूरो सदस्य रेग्मीले भ्रष्टाचारविरुद्ध सरकारले शसक्त कदम चालेको बताएका थिए। पार्टीका केन्द्रीय सदस्य तथा महानगर कमिटि इन्चार्ज सेवन्तराज भण्डारीले सरकारद्वारा हालसम्म गरिएको प्रहरी अनुसन्धान र कारबाही सन्तोषजनक रहेको बताए। भण्डारीले भ्रष्टाचारविरुद्ध सरकारले सशक्त कदम चालेकोमा धन्यवाद दिए। कोणसभामा महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव निलम ढुंगेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले सम्बोधन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments