Incident Reports

भ्रष्टाचारविरुद्ध विराटनगरमा अर्धनग्न प्रदर्शन

2023-05-14

Province 1, Morang, Biratnagar

३१ वैशाख, विराटनगर । विराटनगरका युवाहरुले भ्रष्टाचारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका छन् । आइतबार विराटनगरको ट्राफिक चोकमा युवाहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको पनि निष्पक्ष छानविन गर्न माग गरे । नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउँदै ठूला भ्रष्टाचार काण्डहरुको अनुसन्धान गर्न माग गरे । भ्रष्टाचार सम्बन्धी घटनाका छानबिनका लागि सरकारलाई दबाब दिन अर्धनग्न भएर प्रदर्शन गरेको युवा अभियन्ता उत्तम ढुंगेलले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments