Incident Reports

भ्रष्टाचारीलाई कारबाही माग गर्दै बागलुङमा प्रदर्शन

2023-05-16

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कामदेखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारबाही माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ । भ्रष्टाचारविरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, किसान र मजदुरले प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा मंगलबार एक घण्टा धर्नासमेत दिए । साथै भ्रष्टाचारका दोषीलाइ कारबाही माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाए ।

उनीहरुले नक्कली भुटानी शरणार्थी मुद्दादेखि सबैखाले मुद्दामा राज्य शून्य सहनशिलतामा उत्रनुपर्ने धारणा राखेका थिए । अभियानका अगुवा एकबहादुर केसीले अब नागरिक स्वत:स्फूर्त आन्दोलनमा उत्रने बेला भएको बताए । पहिलो दिन सामाजिक संजालबाट आह्वान गरिएको प्रदर्शनमा सयौं नागरिक उपस्थित भएका थिए । भ्रष्टाचारको विरोधमा नारा लेखिएका व्यानर र प्लेकार्ड बोकेका स्थानीयले कारबाही गर्न खुट्टा कमाउन नहुने धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएपछि उनीहरुले आन्दोलन जारी राख्ने समेत बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments