Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-02

Bagmati, Lalitpur, Mahankal, Ward 3

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाँकाल गाउँपालिका–५ ठुलादुर्लुङका ४२ वर्षीय मङ्गल बरामलाई ०८० जेठ २ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १९ गते ललाइ फकाई आरोपितको निवासमा लगि बलात्कार गरेको भन्दै वैशाख २० गते पीडितकी आमाले प्रहरी वृत्त चापागाउँमा उजुरी दिनु भएको थियो । घटनापछि लुकिछिपि बसेका आरोपितलाई उनकै निवासबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले बताउनु भयो । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको डिएसपी साहले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments