Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-05-12

Province 1, Morang, Belbari, Ward 1

दश वर्षीया छोरीलाई बलात्कार गरेको आरोपम प्रहरीले वेलवारी नगरपालिका–१ का ५५ वर्षीय बाबुलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ४ गते इलाका प्रहरी कार्यालय वेलवारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ ४ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments