Incident Reports

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

2022-10-04

बालिका बलात्कारको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका–३ का बिशोरी बैठा धोवीलाई पक्राउ गरेको हो। पक्राउ परेका धोबीसहित दुई जनाले ०७९ साल कार्तिक १६ गते राति खेतमा शौच गर्न गएका बेला १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

त्यतिबेलादेखि नै फरार रहेका उनलाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए। घटनामा संलग्न भइ फरार भएका अन्य एक जनाको खोजी भइरहेको र पक्राउ परेका धोबीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments