Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-04-26

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका-३ चहकाका ३० वर्षीय श्रवण श्रेष्ठलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितलाई त्रियुगा नगरपालिका-६ लालपत्तामा हिँडिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १७ गते गरिएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर ज्ञानेन्द्रकुमार झाले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments